मान्छे र चौँरीको पिरती जोड्दै चौँरी महोत्सव

पाँचथर, २ वैशाख (रासस) ः विश्वका १६ वटा देशमा मात्रै पाइने चौँरी आम मानिसको सम्पर्कबाट निकै टाढा हुन्छ । चौँरी निश्चित तापक्रम भएका उच्च पहाडी र हिमाली भेगमा मात्रै पाइन्छ, जहाँ सबै मानिस पुग्न सक्दैनन् । त्यसैले मान्छे र चौँरीको सम्बन्ध निकै टाढा हुन्छ । यही नजोडिएको सम्बन्धलाई जोडेर पिरती गाँस्दै चौँरीको जगेर्नामार्फत पर्यटन विकास […]

Continue Reading

नेपाल सुपर लिग ः ललितपुर र बुटवल प्ले अफमा

काठमाडौँ, २५ वैशाख(रासस)ः ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा […]

Continue Reading

विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

काठमाडौँ, २५ वैशाख (रासस) ः वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ । सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोही समूह आज मध्याह्न आधार शिविर आइपुगेको हो । सगरमाथाको चुचुरासम्म बाटो […]

Continue Reading

जनताको सेवामा पूर्ण समर्पित हुन राप्रपाको आह्वान

काठमाडौँ, २५ वैशाख(रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेताकार्यकर्तालाई पनि राप्रपाले आह्वान गरेको छ । पार्टीका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र […]

Continue Reading

सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

काठमाडौँ, २५ वैशाख (रासस) ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्नु भएको छ । उहाँले आज विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताउनुभयो । “संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन […]

Continue Reading

नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी र एकदिवसीय वरीयतामा माथि उक्लियो

काठमाडौं, वैशाख २० गते । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा पुनः माथि उक्लेको छ । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरीयतामा पुनः एक स्थानमाथि उक्लेको हो । आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १३ औं स्थानमा […]

Continue Reading

बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

खोटाङ, १९ वैशाख (रासस) : जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा इलेभेन स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर खेलमैदानमा शनिबार सम्पन्न जिल्ला लिगको (ए) डिभिजनतर्फ ११ अङ्कसहित बाक्सिला फुटबल क्लब लिग च्याम्पियन बनेको हो । (ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय […]

Continue Reading

मध्यपुर थिमिमा विपन्न आवास निर्माण शुरु

भादगाउँ, वैशाख १९, (रासस) : मध्यपुर थिमि नगरक्षेत्रभित्र अति विपन्न परिवारका लागि बेग्लाबेग्लै चार वटा घर निर्माण शुरु गरिएको छ । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा ती घरको निर्माण शुरु भएको हो । निर्माण हुने घरमध्ये दुई घरको शिलान्यास भएको छ भने बाँकी दुईको प्रक्रिया शुरु भएको जनाइएको […]

Continue Reading

आजका पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडौँ, वैशाख २० गते । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आज रातिदेखि आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो […]

Continue Reading

अन्योलमा पोखराका पर्यटन व्यवसायी

पोखरा, साउन २३ । सरकारले बन्दाबन्दी खुला गरेसँगै साउन १५ देखि सञ्चालनमा आएका पोखरा लेकसाइडका होटल व्यवसायीमा यतिबेला अन्योल छाएको छ ।पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा र सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा व्यवसायीमा थप अन्योलता छाएको हो । यहाँको पर्यटन व्यवसायी मात्र होइन, सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटल […]

Continue Reading